महेन्द्र राजमार्ग
महेन्द्र राजमार्ग एघार सय किलोमिटर भन्दा लामो पूर्वमा काँकडभिट्टा (मेची नगर) देखि पश्चिम महेन्द्रनगरसम्म नेपाललाई जोडने हालसम्म नेपालकै सबैभन्दा लामो राजमार्ग हो। यो राजमार्गको केन्द्र भाग तिर भरतपुर नगर तथा चितवन उपत्यका पर्दछ। इतिहासचितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैडाकोटमा राजा महेन्द्रबाट यो राजमार्गको बि.स. २०१९ बैशाख १ गते उदघाटन गरीएको थियो ।[स्रोत नखुलेको] यसभन्दा अघि पुर्व पश्चिम सडक भनेको राणाकालिन समयको हुलाकी राजमार्ग मात्र थियो। प्रमुख पुल
वर्तमान नेपालमाहाल पूर्व देखि पश्चिमका नेपालीलाई एकसुत्रमा बाँध्न यो राजमार्गको अतुलनीय योगदान रहेको छ। यस राजमार्गको विकाससँगै देशले व्यापार वाणिज्यमा क्रमवद्ध विकास गर्न सफल भएको छ साथै राजमार्गको पूर्वदेखि पश्चिमसम्म विभिन्न द्रुत गतिका वाणिज्य केन्द्रहरू विकास हुन सम्भव भएको हो। तीव्र गतिमा विकास भइरहेका प्रमुख नेपाली सहरहरू मेचीनगर, दमक, इटहरी, हेटौँडा, भरतपुर, बुटवल, महेन्द्रनगर तथा अन्य बजारहरू बिर्तामोड, लहान, बर्दिबास, चन्द्रनिगाहपुर, निजगढ, पथलैया, रत्ननगर, कावासोती, बर्दघाट, लमही, कोहलपुर, अतरिया लगायतको सहरको विकास यसै राजमार्गमा चलेको गतिविधिले बसाउन सम्भव भएको हो। यसै राजमार्गलाई आधार बनाएर बिर्तामोड, इटहरी, लहान, बर्दिबास, हेटौँडा, भरतपुर, बुटवल, गोरूसिङगे, भालुवाङ, लमही, कोहलपुर तथा अतरियाबाट प्रमुख उत्तर दक्षिण मार्गहरू गएका छन्। आजको अवस्थाभविष्यको योजनानेपालका अन्य प्रमुख राजमार्गहरू
अन्य प्रमुख सडकमार्गहरू क्रमस
सन्दर्भ सामग्रीहरू |